अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चयन

बिआरटीनेपाल २०७९ माघ १५ गते ६:०४ मा प्रकाशित

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पुनः सभापति बन्नु भएको छ ।आइतबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापतिमा बनाउने निर्णय गरेको हो ।रास्वपाका महासचिव तथा प्रवक्ता डा.मुकुल ढकालले आजको बैठकमा रवि लामिछानेलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाएर सभापतिमा बनाउने निर्णय गरिएको बताउनु भयो ।

सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई गैरनागरिक ठहर गरेपछि रास्वपाको सभापतिबाट स्वतः पदमुक्त हुनुभएको थियो । आइतबार नागरिकता पुनः प्राप्तिपछि लामिछाने पार्टी सभापतिको जिम्मेवारी सम्हाल्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू