अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

नेपालमा पुषसम्म २ दशमलव २ प्रतिशत आर्थिक वृद्धिः राष्ट्रिय योजना आयोग

बिआरटीनेपाल २०७९ माघ १५ गते ६:०२ मा प्रकाशित

राष्ट्रिय योजना आयोगले गरेको अर्धवार्षिक समीक्षामा आर्थिक वर्ष २०७९-०८० को पुषसम्म २ दशमलव २ प्रतिशत आर्थिक वृद्धि भएको देखिएको छ ।कोभिडका कारण योजनाको पहिलो वर्ष २ दशमलव ४ प्रतिशतले ऋणात्मक रहेको थियो। दोस्रो वर्ष ३ दशमलव ८ प्रतिशत र तेस्रो वर्षमा ५ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । कृषि क्षेत्रमा ५ दशमलव ४ प्रतिशतको वृद्धि हासिल गर्ने लक्ष्य राखिएकोमा समीक्षा अवधिमा २ दशमलव ५, उद्योग क्षेत्रमा १५ प्रतिशतको वृद्धिदर रहने अनुमान रहेकोमा ३ दशमलव ४ प्रतिशत मात्र वृद्धि भएको छ ।

सेवा क्षेत्रमा ९ दशमलव ४ प्रतिशतको लक्ष्य हासिल गर्ने अनुमान गरिएकोमा १ दशमलव ८ प्रतिशत मात्रै वृद्धि देखिएको छ । समीक्षामा गैरकृषि क्षेत्रको योगदान बढ्दै गएको छ । कृषि क्षेत्रको योगदान घट्दै गएको छ । आर्थिक वर्ष २०७८-०७९ मा कृषि क्षेत्रको योगदान २३ दशमलव ९ र गैरकृषि क्षेत्रको ७६ दशमलव १ प्रतिशत रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू