अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

बालेनको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन

बिआरटीनेपाल २०७९ माघ १५ गते ५:४६ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।मेयर शाहको निर्देशनमा डोजर चलाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू