अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

सभामुखको कार्यालय हाइज्याक भयो, संसदमा कुनै प्रतिपक्ष छैन-वरिष्ठ अधिवक्ता त्रिपाठी

बिआरटीनेपाल २०७९ माघ १४ गते ७:०० मा प्रकाशित

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताउनुभएको छ । शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली काँग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताउनु भयो ।उहाँले नेकपा एमाले र सरकार सभामुखसँग चाँडो भन्दा चाँडो काँग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको बताउनु भयो । उहाँले संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोप लगाउनु भयो ।

संसदमा कुनैपनि प्रतिपक्ष नरहेको जिकरि गर्दै संसदलाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार भएको बताउनु भयो । वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरुसँग नेशन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताउनु भयो ।उहाँले पार्टीहरु सत्ता र पदको लागि अवसरको खोज्ने काममा नै लागिपरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भुमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरु केन्द्रित भएको पुष्टि गरेको बताउनु भयो । उहाँले राजनीतिक पार्टीहरु एजेण्डा र विचार बिहीन भइसकेको बताउँदै पार्टीहरुलाई दासहरुको कुम्भ भेलाको संज्ञा दिनुभयो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको र संविधानका विद्यार्थीले राष्ट्रपतिसँग कार्यकारी अधिकार नरहने भनेपनि पछिल्लो समय कार्यकारी अधिकार सिंहदरबारबाट सरेर शितलनिवास पुगेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू