अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

३४ केजी चरेससहित एक जना पक्राउ

बिआरटीनेपाल २०७९ माघ ११ गते ५:२६ मा प्रकाशित

लागुऔषध चरेससहित एक व्यक्ति पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरको टोलीले धादिङको गुजरी–८का ३२ वर्षे वीरबहादुर तामाङलाई पक्राउ गरेको हो। पक्राउ परेका तामाङले जंगलमा लुकाइ राखेको ३४ केजी ५०० ग्राम चरेस पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

अहिले बजारमा २५ हजार रुपैयाँ प्रतिकेजी मूल्यमा बिक्री हुने बरामद चरेस करिब ८ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको रहेको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । पक्राउ परेका तामाङमाथि लागुऔषध नियन्त्रण–ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाही हुने खड्काले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू