अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

गृहमन्त्रीको आत्मालोचना– नयाँको आगमनले आशा जगाउन सकेन

बिआरटीनेपाल २०७९ माघ ११ गते ५:२२ मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नयाँ दलहरूको आगमनले नागरिकमा आशा जगाउन नसकेको बताउनुभएको छ । आत्मदाहको निर्णय निराशा र पीडाको परिणाम भएको उहाँले उल्लेख गर्नुभएको छ । बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै उहाँले आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्युप्रति दुःख व्यक्त गर्नुभयो । नयाँ राजनीतिक दल र नेताका रूपमा आफूहरूले आशा जगाउन नसकेको भन्दै लामिछानेले माफी समेत माग्नुभएको छ् । उहाँले आचार्यको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

“एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो,” उनले लेखेका छन्, “दुःख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौँ, हामीलाई माफ गर्नुहोला । तपाईंको आत्माले चिर शान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू