अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

बाग्मती प्रदेश सरकारले पूर्णता पायो, थप ८ मन्त्रीद्धारा शपथ ग्रहण

बिआरटीनेपाल २०७९ माघ ११ गते ५:१५ मा प्रकाशित

बाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ । आज थप भएका मन्त्रीहरुले सपथ लिएसँगै ११ सदस्यीय बाग्मती प्रदेश सरकारले पूर्णता पाएको हो ।यसअघि १४ सदस्यीय रहेको बाग्मती प्रदेशमा तीन वटा मन्त्रालय घटाएर ११ सदस्यीय कायम गरी मन्त्रिपरिषद विस्तार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । बाग्मती प्रदेशमा एमाले र माओवादीले ४–४ तथा राप्रपाले ३ मन्त्रालय पाएका छन् । नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्री बन्नुभएको छ ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसक्नुभएको छ । यस्तै माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, युवराज दुलाल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्नुभएको छ । माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल प्रदेश मुख्यमन्त्री हुनुहुन्छ । राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बन्नु भएको छ ।

यसअघि विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू