अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

जर्मनीले युक्रेनमा सैन्य ट्यांक पठाउने

बिआरटीनेपाल २०७९ माघ ११ गते ५:११ मा प्रकाशित

जर्मनीले युक्रेनलाई अत्याधुनिक ‘लियोपार्ड–२’ सैन्य ट्यांक पठाउने निर्णय गरेको छ ।जर्मन चान्सलर ओलफ स्कोल्जले अन्य देशहरुलाई पनि युक्रेनका लागि लियोपर्ड ट्यांक पठाउन अनुमति दिनुभएको हो ।जर्मनीमा निर्मित यो सैनिक ट्यांक कुनैपनि देशले तेस्रो मुलुकमा पठाउन जर्मनीको अनुमति लिुनपर्ने अनिवार्य प्रावधान थियो । यसअघि जर्मनीले यो ट्यांक युक्रेन पठाउन आनाकानी गरिरहेको थियो । जर्मनीले हाललाई १४ वटा ‘लियोपार्ड–२’ ट्यांक पठाउने निर्णय गरेको हो ।

पोल्याण्डले यसअघि नै युक्रेनमा त्यस्ता ट्यांक पठाएर सहयोग गर्ने निर्णय गरेकोमा जर्मनीले अनुमति नदिएका कारण रोकिएको थियो ।जर्मन चान्सलर स्कोल्जले विभिन्न देशगरी हाललाई १ सयवटा त्यस्ता ट्यांकहरु पठाइने बताउँदै यसले युक्रेनलाई थप सुरक्षा प्रदान गने बताउनुभएको छ । युक्रेनमा हाल विश्वका कयौं राष्ट्रहरुले पठाएका बख्तरबन्द गाडीहरु तैनाथ छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू