अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा एकको मृत्यु, एक घाईते

बिआरटीनेपाल २०७९ माघ १० गते ५:०८ मा प्रकाशित

मंगलबार बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ ।गौमुल गाउँपालिका वडा नन्बर– २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ । मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको भनाइ रहेको छ । घटना भएको भनिएको ठाउमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले जानकारी दिनुभयो । थापाले स्थानीयले दिएको जानकारी अनुसार अपुष्ट खवर भएकोले यस बिषयमा प्रहरीको टोली घटना स्थलमा पुगेपछि मात्र सबै जानकारी प्राप्त हुने बताउनुभयो ।

त्यसै गरी भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन । जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जाँदा ४० देखी ५० भेडा मरेका र गोठालो गएका रामदल बोहरा घाईते भएको स्थानीय सुवास रोकायाको भनाई छ । बोहोराको नजिकैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।अहिले सम्मका तथ्याक अनुसार बडिमालिका नगरपालिका ७ रजातोलीका हरिचन्द पाध्या र सोही नगरपािलका ८ का हर्क गुरुङ र बिरजिते चदाराका घरहरु भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यसै गरी बडिमालिका ७ सिराडीमा पनि एक घर भत्किएको र मानवीय क्षेती नभएको स्थानिय पत्रकार राम बहादुर बिकले जानकारी दिनुभयो । भूकम्पले जिल्लामा दर्जनौ घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या आसपास केन्द्रबिन्दु बनाएर ५।९ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू