अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिवोल गजुरेल नियुक्त

बिआरटीनेपाल २०७९ माघ ९ गते ७:१२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई सोमबार नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको र नियुक्ति दिएको गजुरेलले बताउनुुभयो । ’मैले पार्टीमा जिम्मेवारी दिनुस भनेर आग्रह गरेको थिए तर मसँगै बसेर काम गर्नुपर्छ भनेर प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिनुभयो,’ गजुरेलले भन्नुभयो ।

सिन्धुली स्थायी घर भएका गजुरेल २०७४ मा सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुुनुुभएको थियो । प्रधानमन्त्री दाहाल प्रचण्डले यसअघि स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित ७ जनालाई नियुक्ति दिइसक्नुुएको छ । प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू