अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

न्यायका लागि आन्दोलन गरिरहेकी रुबी खान पक्राउ

बिआरटीनेपाल २०७९ माघ ९ गते ६:४० मा प्रकाशित

बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रूबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।सोमबार माइतीघरबाट ¥यालीसहित अगाडि बढिरहेको बेला प्रहरीले खानसहितका अभियन्ताहरूलाई पक्राउ गरेको हो।
बबरमहलअगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका अधिकारकर्मीलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालत अगाडिबाट रुबी खानसहित ७ जना पक्राउ परेको बताइएको छ ।

। निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको अभियन्ताहरूले बताएका छन्। उनीहरुलाई आजै साँझ छोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू