अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

पोखरा विमान दुर्घटनामा आफन्त गुमाएका परिवारजनमा रियल म्याड्रिडको समवेदना

बिआरटीनेपाल २०७९ माघ २ गते ५:०० मा प्रकाशित

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी आफन्त गुमाएका परिवारजनमा स्पेनिस क्लब रियल म्याड्रिडले गहिरो समवेदना दिएको छ।स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समवेदना दिएको हो।

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत रियलले लेखेको छ, ‘नेपालमा भएको दुःखद् विमान दुर्घटनामा आफ्ना प्रियजन गुमाउने परिवारप्रति हाम्रो समवेदना छ। हामी हाम्रो पूरा शक्ति र साहस प्रभावित परिवारसम्म पुगोस् भन्ने कामना गर्दछौं।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू