अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

नागरिकताबारे गृहमन्त्री लामिछानेद्वारा सर्वोच्चमा लिखित जवाफ पेस

बिआरटीनेपाल २०७९ माघ २ गते ४:५२ मा प्रकाशित

गृहमन्त्री रवी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज र प्रतिनिधिसभा सदस्य पद समेत रद्ध गर्ने रिट निवेदनविरुद्ध सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ । लामिछानेले बुझाएको लिखित जवाफमा आफूविरुद्धको रिट खारेज गर्न माग गर्दै नेपाली नागरिकता नत्यागेको हुँदा अमेरिकी नागरिकता त्यागेपछि आफू स्वतः नेपाली नागरिक नै हुने दाबी गर्नुभएको छ ।

उहाँले लिखित जवाफमा नागरिकता ऐन, २०६३ को दफा ११ अनुसार नेपाली नागरिकता कायमै रहेको दावी गर्नुभएको छ । उहाँले कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोवास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि नेपाली नागरिकता पुनः कायम हुने कानूनी व्यवस्था अनुसार नै नागरिकता कायम भएको जिकिर गर्नुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षबाट पनि सर्वोच्चमा लिखित जवाफ दिइएको छ । सो दलले अहिले आफ्नो लोकप्रियता बढ्दै गएको बेला सभापतिको नागकिताको बिषय उठाई, पार्टीको लोकप्रियतालाई निवेदकले विषयान्तर गर्न खोजेको जिकिर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू