अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

नेपाल आदिवासी जनजाति महसंघ अमेरिका (फिप्ना) को वार्षिक साधारण सभा सम्पन्न

बिआरटीनेपाल २०७९ पुष ३० गते १७:१५ मा प्रकाशित

न्यु योर्क, गत जनवरी ८ तारिख, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना)को “वार्षिक साधारण सभा तथा सघीय परिषद् बैठक” न्यु योर्क स्थित फिप्ना कार्यालयमा सफलता पूर्वक सम्पन्न भएको छ । साधारण सभा तथा सङ्घीय परिषद्को बैठकमा फिप्नााका सल्लाहकार, सङ्घीय परिषद्का सभामुख, उपसभामुख, पूर्व अध्यक्ष ज्यूहरू र सदस्य संस्थाका अध्यक्ष एवं आठौँ महाधिवेशन प्रतिनिधि तथा सङ्घीय परिषद् सदस्य ज्यूहरूको उपस्थिति थिए ।

कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो । पहिलो र दोस्रो सत्र, पहिलो सत्रमा नेपाल आदिवासी जनजाति महसंघ अमेरिका (फिप्ना)का अध्यक्ष राज कुमार बिस्टको अध्यक्षतामा भएको थियो । पहिलो सत्रमा उपस्थित सबै जनालाई फिप्नाका महासचिव टोलमा लामाले अभिवादन गर्दै कार्यक्रममा हुने गतिविधि तथा क्रियाकलाप र तालिकाको बारेमा प्रकाश पार्दै कायैक्रमको थालनी गरेको थियो । महासचिव लामाले फिप्ना १७औँ वर्ष पार गर्दै गर्दा यस फिप्नाको नेपालीज डायस्पोरामा आफ्नै गरिमामय पहिचान छ । चाहिएको बेला फिप्नाले त्यो शक्ति तथा क्षमता अझ पृथक् देखाउन सक्छ भनेर बताए । फिप्नाका उपाध्यक्ष माया लामा ह्रयोल्मोले स्वागत मन्तव्य दिएको थियो । पहिलो सत्रमा साधारण सभा तथा सङ्घीय परिषद्को बैठकमा उपस्थित फिप्नााका सल्लाहकार, सङ्घीय परिषद्का सभामुख, उपसभामुख, पूर्व अध्यक्ष ज्यूहरू र सदस्य संस्थाका अध्यक्षहरूले शुभकामना मन्तव्य राखेका थिए ।

सल्लाकार प्रदीप परियार थापाले मन्तव्य राख्नेक्रममा आफू नेपाल देखी नै लामो समय आदिवासी मुद्दा तथा आदिवासी हक अधिकारको विषयमा काम गर्दै आएको, यहाँ अमेरिकामा पनि त्यही कुरालाई निरन्तर पत्रकारिताको अलावा काम गर्दै आएको र फिप्नामा पटक पटक सल्लाहकारको रूपमा काम गदै आएको जानकारी दिनुभयो । फिप्नाको उतारचढावका पलहरू मैले नजिकबाट नियालेको छु भनेर पनि बताए । यहाँ कार्यक्रममा जति उपस्तिथ हुनु भएको छ यो सानो उपस्थिति होइन तपाई प्रत्येक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू हरेक सिङ्गो समुदायलाई प्रतिनिधित्व गरेर आएका छन् यो मानेमा यो उपस्थितिलाई बृहत् सम्झिनु पर्दछ भनेर सल्लाहकार प्रदीप परियार थापाले बताए । अबको समयमा आइपुदा फिप्नाले समय सन्दर्भ अनुसार आदिवासीको हक अधिकार तथा पहिचान र विकासको काम गर्नुपर्दछ यो जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण पनि गदै जानुपर्दछ भनेर उहाँले बताए ।

यसै गरी लामो समय देखी आदिवासी हक अधिकार तथा विकासमा समर्पित अमेरिकाका लोकप्रिय समाजसेवी एवं न्यूयोर्कको लागि नेपाल सरकारको पर्यटन सद्भावना दूत केशव राम राईले फिप्नाको १७औँ स्थापना दिवसमा फिप्नाले सम्मान गरेको कुरालाइै स्मरण गर्दै यो सम्मानले म मा अझ बढी जिम्मेवारी थपेको महसुस गरेको छु । फिप्नाको स्थापना काल देखी हालसम्म मैले निरन्तर नजिक रहेर काम गरिरहेको छु आगामी दिनहरूमा कमी हुन नदिई अझ बढी जिम्मेवारीकारसाथ सहयोग गरिरहने छु भनी राईले बताए । अब फिप्नाको बारेमा गहन रूपमा लिई अगाडि काम गर्नुपर्ने पनि बताए । यसै गरी उपस्थित सदस्य संस्थाका अध्यक्ष ज्यूहरुले सल्लाह सुझाव सहितको शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष राज कुमार विष्टले पहिलो सत्रको समापन तथा धन्यवाद ज्ञापन व्यक्त गरेको थियो ।

दोस्रो सत्र फिप्ना सङ्घीय परिषद्का सभामुख शुर्वण कुमार शाक्यको अध्यक्षतामा सङ्घीय परिषद्को बैठक बसियो थियो । सो बैठकमा सङ्घीय परिषद्का सदस्यहरू, कार्यसमितिका पदाधिकारी, फिप्ना आठौँ महाधिवेशन प्रतिनिधि तथा सङ्घीय परिषद् सदस्यहरूको उपस्थितिमा बैठक भएको थियो । बैठकका प्रस्तावित विषयहरू
१. फिप्ना वार्षिक समीक्षा
२. वर्तमान चुनौतीहरू
३. आर्थिक व्यवस्थापन
४. वार्षिक कार्य प्रगति प्रतिवेदन
५. वार्षिक आर्थिक प्रतिवेदन
६. भावी प्रस्तावित नीति तथा कार्यक्रम
जस्ता विषयहरू रहेको थियो । बैठकमा महासचिव टोलमा लामाको वार्षिक कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष तुल बहादुर तामाङको वार्षिक आर्थिक प्रतिवेदन र अध्यक्ष राज कुमार बिस्टको भावी नीति तथा कार्य योजना प्रस्तुत गरिएको थियो भने, उक्त प्रतिवेदनहरूमाथि बृहत् छलफल गरी बैठकले पारित गरिएको थियो ।

अन्त्यमा बैठकको अध्यक्षता गरेका सभामुख शुर्वण कुमार शाक्यले उपस्थित सम्पूणलाई सक्रिय र साहार्दपूर्णरुपले बैठकमा सहभागिताको लागि उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापनको साथै बैठकको समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू