अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

यातायात कार्यालयका शाखा अधिकृतविरुद्ध १ कराेड रुपैयाँकाे भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०७९ पुष २९ गते ४:२८ मा प्रकाशित

यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड छ लाख रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल अहिले राष्ट्रिय भूमि आयोग ताहाचलमा कार्यरत हुनुहुन्छ । शाखा अधिकृतस्तरका कर्मचारी पोखरेल २०४६ सालमा सरकारी सेवा प्रवेश गर्नुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू