अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०५ | Colorodo: 14:20

मधेस प्रदेशका मुख्यमन्त्री यादवसहित ३ जना मन्त्रीले लिए शपथ

बिआरटीनेपाल २०७९ पुष २९ गते ४:१६ मा प्रकाशित

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ । आज शुक्रवार एक समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई शपथ ग्रहण गराउनुभएको छ । मुख्यमन्त्री यादवले आफ्नाे मातृभाषा भोजपुरीमा शपथ ग्रहण गर्नुभएको छ ।मुख्यमन्त्रीसँगै अन्य तीन जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेका सरोज यादव, जनमत पार्टीका वसन्त कुशवाहा र जनता समाजवादी पार्टीका सञ्जय यादवले शपथ लिए पनि मन्त्रालयकाे जिम्मेवारी भने दिइएकाे छैन ।

शपथ ग्रहण कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा सङ्घीय संसदीय दलका नेता रामसहायप्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत लगायतकाे सहभागिता थियाे । शपथ ग्रहण गर्नुअघि मुख्ख्यमन्त्री यादवले जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू