अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

फिल्म ‘कुत्ते’ प्रदर्शन हुनु अघि नै विवादमा

बिआरटीनेपाल २०७९ पुष २७ गते ४:०२ मा प्रकाशित

भारतीय अभिनेता अर्जुन कपुर र अभिनेत्री तब्बु अभिनित फिल्म ‘कुत्ते’ प्रदर्शन हुनुअघि नै विवादमा परेको छ । फिल्मको विरोध गर्दै एक प्रहरी अधिकारीकी छोरीले जोधपुर उच्च अदालतलमा मुद्दा दर्ता गराएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । साेही मुद्दाकाे सुनुवाई यहि जनवरी १२ मा हुने भएकाे छ ।फिल्मको पोस्टरमा देखाइएको तस्बिरमा प्रहरी पाेशाकमा देखाइएको छ । तर अनुहारमा भने कुकुरहरूको पोस्टर टाँसिएको छ । निवेदनमा फिल्मको शीर्षक र पोस्टर परिवर्तन नगरे प्रदर्शनीमा रोक लगाउन माग गरिएको छ ।

यो कुकुरको तस्बिरलाई प्रहरीको पाेशाकमा देखाइएको भन्दै एक प्रहरी अधिकारकी छोरीले आपत्ति जनाएकी छन् । प्रस्तुत ट्रेलरमा यो फिल्मको कथा प्रहरी विभागसँग आधारित रहेकाले पनि फिल्मको नाम परिर्वतन गर्नुपर्ने उनले माग गरेकी छन् । फिल्म निर्माता विशाल भारद्वाजका छोरा आस्मान भारद्वाजले याे फिल्मको निर्माण गरेका हुन् । फिल्मलाई जनवरी १३ मा प्रदर्शन गरिने जनाइएकाे छ ।

प्रतिक्रिया