अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

पोखरामा अन्तर्राष्ट्रियसँगै पुरानो विमानस्थल पनि चलिरहने

बिआरटीनेपाल २०७९ पुष ६ गते ४:३१ मा प्रकाशित

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखराको चालु (पुरानो) विमानस्थलबाट हुँदै आएका ठुला आकारका जहाजको उडान र अवतरण पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु हुनेछन्। तर, छोटो दूरीको धावनमार्गबाट उडान र अवतरण हुने ९स्टल० जहाज सहित अल्ट्रालाइट र हेलिकप्टरको उडान भने पुरानै विमानस्थबाट संचालन हुनेछन्।

ठुला जहाज अन्तर्राष्ट्रिय विमानस्थलबाट संचालन भइरहँदा चालु विमानस्थल पनि चल्तीकै अवस्थामा रहिरहने नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले बताएको छ। पोखरामा अझै केही समयका लागि दुवै (अन्तर्राष्ट्रिय र चालु) विमानस्थल संचालनमा रहिरहने प्राधिकरणले बताएको छ। प्राधिकरण पोखरा प्रमुख बिक्रम गौतमले ठुला जहाज अन्तर्राष्ट्रिय विमानस्थल र स्टल एयरक्राफ्ट, अल्ट्रालाईट र हेलिकप्टर पुरानै विमानस्थलबाट संचालन हुने बताउनुभयो। ठुला आकारका जहाज मध्ये अहिले पोखरामा एटिआर–४२ माथिका छन्। ती ठुला आकारका सबै जहाजको उडान र अवतरण अगाामि जनवरी १ देखि अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु हुनेछन्।

ठुला आकारका जहाजको नियमित उडान सहरी भेगका गन्तव्यसम्म मात्र छन्। पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा, जनकपुर लगायतका सहरी गन्तव्यमा ठुला आकारका जहाजबाट उडान हुने गरेको छ। मुस्ताङको जोमसोम, मनाङको हुम्दे लगायतका छोटो धावनमार्ग भएका विमानस्थलमा भने ट्वीनअट्टर जहाजको उडान हुन्छ। साना आकारका ती जहाजका लागि छोटो धावनमार्ग भएपनि पुग्छ। अहिले श्री, बुद्ध र यती एयरले ठुला आकारका जहाजबाट पोखरालाई विभिन्न सहरसम्म जोड्छन भने तारा र समिट एयरले छोटो धावनमार्ग भएका विमानस्थलसम्म उडान भर्छन।

प्रतिक्रिया