अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ मंसिर १५ गते ४:४३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । सुर्खेत–१ मा गठबन्धनबाट चुनाव जितेका खड्काले प्रचण्ड निवासमा पुगी भेटवार्ता गर्नुभएको हो ।

खड्काले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेर बधाई आदानप्रदान र सरकार निर्माणका विषयमा छलफल गर्नुभएको छ । उपसभापति खड्का बिहीबार माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुग्नुभएको थियो । भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको छ । त्यस्तै, निर्वाचनको परिणामको समीक्षा र नयाँ सरकार गठनका विषयमा समेत छलफल भएको छ ।

‘सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भयो, त्यसका लागि गठबन्धनमा रहेका दलसहित अन्य दलहरूलाई समेत सामेल गर्ने गरी छलफल भइरहेको विषयमा कुराकानी भयो,’ खड्कानिकट स्रोतले भनेको छ । चुनाव जितेर फर्किएका खड्काले बिहीबारै सादगी नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को आश्रममा समेत पुग्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू