अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोश्रो र माओवादी तेश्रो स्थानमा

बिआरटीनेपाल २०७९ मंसिर १३ गते ५:०३ मा प्रकाशित

सम्पन्न आम निर्वाचनको समानुपातिक तर्फको ८५ प्रतिशत मतगणना सम्पन्न भएको छ । जारी मतगणनामा नेकपा एमाले २६ लाख ४६ हजार ४ सय मतसहित अग्रस्थानमा रहँदा दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसको २५ लाख १ सय मत रहेको छ ।

माओवादी केन्द ११ लाख २८ हजार ७ सय मत मतसहित तेश्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई १० लाख ८४ हजार ८ सय मत प्राप्त भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समानुपातिकमा ५ लाख ५७ हजार ३ सय मत प्राप्त हुँदा नेकपा एकिकृत समाजवादीलाई २ लाख ७७ हजार ५ सय मत प्राप्त भएको छ । जनता समाजवादी पार्टीले यो समाचार तयार पार्दासम्म ३ लाख ७३ हजार ५ सय मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू