अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिको नोबेल शान्ति पुरस्कार चोरी

बिआरटीनेपाल २०७९ कार्तिक २६ गते ५:०७ मा प्रकाशित

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एफडब्ल्यू डे क्लर्कको नोबेल शान्ति पुरस्कारको पदक अप्रिलमा उहाँको घरबाट चोरी भएको उहाँको फाउन्डेसनले पुष्टि गरेको छ ।स्थानीय सञ्चार माध्यममा आएको विवरणअनुसार क्लर्कको केप टाउनको घरमा लुटपाटको क्रममा पुरस्कार पनि चोरी भएको जनाइएको छ । सन् १९९३ मा नेल्सन मण्डेलासँगै रंगभेदको अन्त्यका लागि गरेको प्रयासका लागि डे क्लर्कले पुरस्कार प्राप्त गर्नुभएको थियो ।

दक्षिण अफ्रिकी सञ्चारमाध्यमका अनुसार प्रहरीले कुनै पनि पदक बरामद गरेको छैन । स्थानीय समाचार वेबसाइट न्यूज२४ सँग कुरा गर्दै डे क्लर्ककी विधवा एलिटाले भनेकि छन्, विदेश यात्राबाट घर फर्किदा पदकसहित बहुमुल्य सामग्री चोरी भए । “मैले यस वर्षको अप्रिलमा हामी लुटिएको थाहा पाएँ। ५ अप्रिलमा म सेफमा गएँ र त्यहाँ खुला थियो। म चौथो दिन विदेश यात्राबाट फर्किएकी थिए । त्यसैले मलाई मितिहरू याद छ “ उनले भनिन् ।

“मेरो धेरै गहनाहरू चोरिएका थिए । चोरिएका गहनाको मूल्य निर्धारण गर्न गाह्रो छ । तिनीहरुलाई पछिल्लो ५० वर्षको अवधिमा मलाई विभिन्न अवसरमा प्रदान गरिएको थियो’, उनले अगाडि भनिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू