अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

रुसी सैनिक फर्किएपछि युक्रेनले खेअर्सनमा राष्ट्रिय झण्डा फहरायो

बिआरटीनेपाल २०७९ कार्तिक २६ गते ५:०२ मा प्रकाशित

रुसी सैनिकहरू फिर्ता भएपछि लामो समय रुसको कब्जामा रहेको खेअर्सन सहरमा पुनः युक्रेनी झण्डा फहराइएको छ । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा युरोपेली सङ्घको झन्डा पनि देखिएको बीबीसीले पुष्टि गरेको छ ।युक्रेनको रक्षा मन्त्रालयले आफ्नो फौज त्यहाँ जाँदै गरेको र खेअर्सन सहर आफ्नो पकडमा आइसकेको जनाएको छ । युक्रेनीहरु आफ्नो झण्डासहित सडकमा सहज तरिकाले आएका छन् । जनजीवन सामान्य बन्दै गएको छ । यसअघि रुसले खेअर्सनबाट आफ्ना सैनिकहरू फिर्ता हुने क्रम सकिएको जनाएको थियो।

मस्कोमा रहेको रक्षा मन्त्रालयले पनि आफ्ना सबै सैनिकहरु डिनिपो नदी पार गरेर फर्किसकेको जनाएको छ । उसले कुनै पनि सैनिक अस्त्रहरू युक्रेनी भूभागमा नछोडिएको बताएको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले दर्जनौँ सहर र गाउँहरूमा फेरि पकड कायम गरेको बताउनुभएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुबेलाले रुसी सैनिकहरू फिर्तीलाई युक्रेनको जितको रूपमा अर्थ्याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू