अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

विश्वका ५० भन्दा धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै

बिआरटीनेपाल २०७९ कार्तिक २६ गते ५:०१ मा प्रकाशित

विश्वका ५०  भन्दा  धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै गएको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरुले बताएका छन् ।धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्र सङ्घका अधिकारीले चेतावनी दिएका बीबीसीले जर्नाएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फीति, ऊर्जा सङ्कट तथा बढ्दो ब्याजदरका कारण धेरै देश टाट पल्टिने अवस्थामा पुगेका हुन् । सम्भावित आर्थिक सङ्कटले गरिब देशका नागरिकहरूको जनजीवनमा गम्भीर प्रभाव पर्ने उहाँले बताउनुभयो ।

श्रीलङ्कामा देखिएको जस्तै अवस्थामा ती देशहरूमा पनि आउन सक्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सम्बोधन गर्दै स्टाइनरले आर्थिक सङ्कटको अवस्था आएमा जलवायु सङ्कट समाधान पनि थप कठिन हुने बताउनुभएको हो । यसले जलवायु सङ्कट समाधानमा थप जटिलता निम्त्याउने उहाँको भनाइ थियो । इजिप्टमा अहिले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्र सङ्घीय सम्मेलन चलिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू