अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

युक्रेनका लागि दक्षिण कोरियासँग थप युद्ध सामग्री खरिद गरेको अमेरिकाकाे दावी

बिआरटीनेपाल २०७९ कार्तिक २६ गते ४:२२ मा प्रकाशित

अमेरिकाले युक्रेनको सहयोगका लागि दक्षिण कोरियासँग थप हतियार तथा युद्ध सामग्री खरिद गर्ने जनाएको छ । दक्षिण कोरियाले भने यसअघि नै आफूले युक्रेन युद्धका लागि हातहतियार उपलब्ध नगराउने सहमति जनाइसकेकाले सोही सामग्री अमेरिकी सेनाले प्रयोग गर्ने जनाएको हाे । तर अमेरिकाले दक्षिण कोरियासँग युक्रेनी सेनाको सहयोका लागि ठूलो मात्रामा हतियार खरिदको सम्झौता गरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले रक्षामन्त्री ली जोङ सुप र अमेरिकी रक्षा सचिव लोडय अस्टिनले केही सातअघि मात्र हतियार खरिद सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ ।

अमेरिकी अधिकारीहरुले भने दक्षिण कोरियायोका चाहना विपरीत हतियार युक्रेन पठाउने तयारी गरेको बताइएको छ । युद्ध सामग्री अमेरिकी क्षेत्रबाट वा दक्षिण कोरियाबाट सोझै युक्रेन पठाउने भन्ने बारेमा भने निर्णय भइनसकेको अमेरिकी अधिकारीहरुले जनाएको समाचार संस्था अलजजिराले जनाएका छ ।

यता दक्षिण कोरियाको रक्षा मन्त्रालयले युक्रेनलाई हतियार उपलब्ध नगराउने पूर्ववत निर्णयमा अडिग रहेको दोहोर्याएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँग नजिकिएसँगै आफ्नो सम्बन्ध कायम नरहने चेतावनी दिएसँगै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गत महिना युक्रेनलाई कुनै पनि घातक हतियार उपलब्ध नगराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

दक्षिण कोरियाले आफ्ना कदमविरुद्ध रुसले उत्तर कोरियासँग नजिकिने त्रासका कारण सो हतियार खरिद प्रकरणको खुलेर समर्थन नगरेको बताइएको छ । केही समयदेखि अमेरिकी सेनाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास जारी राखेकाले उत्तर कोरियाले निरन्तर लामो तथा छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरु परीक्षण गरिरहेको छ । उत्तरको सोही कदम संयुक्त राष्ट्रसंघ लगायत विभिन्न पश्चिमा मुलुकहरुका लागि टाउको दुखाइको विषय बन्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू