अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

भेनेजुयलामा बाढी-पहिरोका कारण ७ जनाको मृत्यु, कयौं घाइते

बिआरटीनेपाल २०७९ कार्तिक २१ गते ४:४६ मा प्रकाशित

भेनेजुयलामा भारी वर्षासँगै आएको बाढी पहिरोमा परी ७ जनाको मृत्यु भएको छ ।साेही पहिरोमा पुरिएर कयौं मानिस घाइते भएका छन् । उत्तर पश्चिमी क्षेत्रमा पर्ने भादाग्रेदा शहर बाढी पहिरोका कारण नराम्ररी प्रभावित भएको छ । सोही क्षेत्रका हजारौं जनता विस्थापित भएका छन् । पहिरोबाट दर्जनौं घर पुरिएका छन् भने ठाउँ-ठाउँमा बिजुलीका पोल ढलेका कारण बिजुली आपूर्ति बन्द हुनुका साथै यातायात सेवा समेत अवरुद्ध बनेको छ ।

भेनेजुयलामा गत अक्टोबरदेखि सुरु भएको वर्षा हालसम्म पनि रोकिएको छैन । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सार्नुका साथै उचित राहतको ब्यवस्था गरिएको छ । मौसमविद्हरुले भारी वर्षा हुने क्रम नोभेम्बरको मध्यसम्म रहने भन्दै सचेत रहन सर्वसाधारणलाई अपील गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू