अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गाे लगाउन हुँदैन : मेयर शाह

बिआरटीनेपाल २०७९ कार्तिक १६ गते ६:१९ मा प्रकाशित

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमानदार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमानदार हुनुपर्ने उहाँको भनाइ थियो । आज बुधवार काठमाण्डाैमा आयोजित ‘काठमाण्डाै महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै मेयर शाहले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने धारणासमेत राख्नुभएको छ । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा के चलन छ भने ठूल्ठूला केसहरू मेलमिलापमै समाधान हुन्छन । स–साना केसहरू चाँहि ५ वर्ष, १० वर्ष अदालतमा अड्किन्छ । त्यो हुनुहुन्न । एकदमै जघन्य अपराध भएका कुराहरूलाई मेलमिलाप गरेर सल्टयाउन हुँदैन । त्यस्ता अपराध अदालतमै जानुपर्छ । त्यस्ता विषयमा फेरि भ्रष्ट आचरण आयो भने त्यो सफल हुन सक्दैन । त्यही भएर हामी स्वच्छ हुनुपर्दछ । हामी आफैँमा इमानदार हुनुपर्दछ ।’मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू