अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

भारतमा पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपाल भित्रियो

बिआरटीनेपाल २०७९ कार्तिक १६ गते ६:१६ मा प्रकाशित

भारतमा किसानले पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपालमा पनि भित्रिएको छ । हरियाणा र पञ्जाबमा किसानले पराल जलाउँदा निस्किएको धुवाँ पश्चिम तराईका जिल्लामा प्रवेश गरेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिनुभयो । यो प्रदूषणको असर काठमाण्डौलगायत देशका विभिन्न भागमा भोलि बिहीवार र पर्सि शुक्रवार देखिन सक्ने उहाँले बताउनुभयो ।

हिजो मङ्गलवारसम्म प्रदूषित हावा नेपाल आउने सम्भावना नदेखिएकोमा एकाएक हावाको दिशा मोडिएर आज बुधवार नेपालतर्फ प्रवेश गरेको हो ।भारतको हरियाणा र पञ्जाबमा किसानहरूले धान काटेपछि खेतमा बाँकी रहने ठुटामा आगो लगाउने गरेका छन् । मेशिनले धान काट्दा परालको झन्डै डेढ फिटको ठुटा बाँकी रहने भएकोले त्यसलाई किसानले खेतमै जलाउने गरेका हुन् । पञ्जाब र हरियाणा दुवै राज्यमा खेतको परालमा आगो लगाएबापत जरिबाना तिर्नुपर्ने व्यवस्था भए पनि किसानले गहुँको बिउ छर्नका लागि खेत तयार गर्न छिटो गर्नुपर्ने भन्दै पराल जलाउने काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू