अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

निर्वाचनका लागि नेपाललाई भारत सरकारबाट २०० वटा गाडी उपहार

बिआरटीनेपाल २०७९ कार्तिक १५ गते ६:३६ मा प्रकाशित

भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गर्नुभएको हो । भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू