अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११ | Colorodo: 22:26

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

बिआरटीनेपाल २०७९ कार्तिक ३ गते ६:५६ मा प्रकाशित

नेपालमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च रहेको छ । आज बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

पछिल्लो तीन महिनायता डलरको भाउ बढ्दो क्रममा छ । डलरको मूल्य बुधबार १ सय ३२ रुपैयाँ ८ पैसा थियो । त्यसमा बढेर बिहीबार अहिलेसम्मकै उच्च भएको हो ।विश्वका लगानीकर्ता डलर खरिदमा आकर्षित हुँदा भारतीय मुद्रासँगै नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर भएको हो ।

प्रतिक्रिया