अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बिआरटीनेपाल २०७९ कार्तिक १ गते ७:१६ मा प्रकाशित

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै हिजो सोमबारको तुलनामा सामान्य वृद्धि भएको जनाएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य ९३ हजार ३०० र तेजाबी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ थियो ।यसैगरी, आज चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार यसको मूल्य तोलामा ११ सय २० रुपैयाँ थियो ।

प्रतिक्रिया