अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

अमेरिकामा आप्रवासीको आगमन बढेसँगै आपत्कालीन घोषणा

बिआरटीनेपाल २०७९ असोज २२ गते ५:१४ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा आप्रवासीको आगमनलाई लिएर आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

न्यूयोर्कका मेयर एरिक एडम्सले आप्रवासीबाट उत्पन्न संकटको अवस्थालाई सम्बोधन गर्न आपत्कालीन अवस्था घोषणा गरेका हुन् । अप्रिलदेखि दक्षिणी सीमानाबाट १७ हजार बढी आप्रवासी प्रवेश गरेको जनाइएको छ । टेक्सास, एरिजोना र फ्लोरिडा जस्ता रिपब्लिकन राज्यहरूले केही महिनादेखि आप्रवासीलाई डेमोक्रेटिक क्षेत्रमा पठाउँदै आएका छन् ।

अत्याधिक संख्यामा मानिस अमेरिका–मेक्सिको सीमामा पुगेका छन् । सेप्टेम्बरदेखि हरेक दिन औसत ५ देखि ६ वटा बस न्यूयोर्क प्रवेश गरेको बीबीसीले जनाएको छ । न्यूयोर्कका मेयर एडम्सले धेरै जना विद्यालय जाने उमेरका बालबालिका भएका परिवार भएको र उनीहरूलाई चिकित्सा हेरचाहको गम्भीर आवश्यकता रहेकोमा जोड दिएका छन् ।

जुन समस्या समाधानका लागि १ अर्ब डलर बढी खर्च लाग्ने भन्दै संघीय र राज्य कोषको लागि मेयर एडम्सले आह्वान समेत गरेका छन् । सीमावर्ती राज्यमा रिपब्लिकन अधिकारीहरूले यो रणनीति आप्रवासी प्रवाहको प्रभावलाई कम गर्ने उद्देश्यले यस्तो कदम चालिएको दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू