अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 06:13

बागलुङ सेवा समाजमा नयाँ नेतृत्व

बिआरटीनेपाल २०७९ असोज १३ गते १७:४८ मा प्रकाशित

न्यू योर्क । बागलुङ सेवा समाजमानयाँ नेतृत्व चयन भएको छ। समाजको दोस्रो अधिवेशनले सकस बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

समाजको ४ उपाध्यक्षमा खीम भट्टराई, मीन खड्का, ओमकार शर्मा र सन्तोष खत्री चुनिएका छन्। समाजको महासचिवमा कृष्ण राज सुबेदी, सचिवमा मेघनाथ पौडेल,दिपुश्रीसर गंगासुनुवार, कोषध्यक्षमा शंकर पौडेल छानिएका छन्। त्यसै गरि, कार्यक्रम संयोजकमा यम सुबेदी, महिला संयोजकमा चमेली खाती र महिला उपसंयोजकमा हिरा देवी भट्टराई छानिएका छन्।

समाजको सदस्यमा सुजन बस्याल, महदत्त कंडेल, रमेश गौतम, दीपक घिमिरे, चन्द्र नेपाली, कुमार नेपाली, जीवन कंडेल, बिना छन्त्याल, वासु पौडेल र हरि पौडेल छानिएका छन्। समाजको सल्लाहकारमा विष्णु सुबेदी, हरि प्रसाद शर्मा, गंगा जिसी, डा. होमराज रेग्मी, माधव सुबेदी, गौरधरि शर्मा, लालकुंवर, रण बहादुर केसी, कृष्ण जिसी, प्रकाश श्रेष्ठ र रेणु सुबेदी बनाइएका छन्।

प्रतिक्रिया