अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३५ | Colorodo: 15:50

युरोपमा इन्धनको हाहाकार

बिआरटीनेपाल २०७९ भदौ १८ गते ४:३४ मा प्रकाशित

युरोपमा इन्धन आपूर्ति बन्द भएको छ । आपूर्ति बन्द भएपछि युरोपमा इन्धनको हाहाकार भएको छ ।रुसी उर्जा कम्पनी ग्याजप्रोमले मर्मत कार्य जारी रहेकाले युरोपका लागि पाइपलाइनबाट तेल तत्कालै आपूर्ति हुन नसक्ने जनाएको छ । सो कम्पनीले गत बुधबारदेखि मर्मत थालेको थियो ।कम्पनीले उक्त पाइपलाइनमा भएको खराबी चेकजाँच गरेर मर्मत गर्न थप समय लाग्ने विज्ञप्तिमार्फत जनाएको छ ।

सो कम्पनीले जर्मनी र अन्य युरोपेली मुलुकहरुमा आवश्यक तेल पूर्ति गर्दै आएको छ । कम्पनीले आपूर्ति बन्द गरेसँगी जाडोयाममा इन्धनको पर्याप्त उपलब्धता नहुने बताइएको छ ।रुसले युक्रेनमा आक्रमण गरेपछि पाइपलाइनको नियमित मर्मत सम्भारमा बाधा पुगेको भन्दै मस्कोले पश्चिमा राष्ट्रहरुले लगाएको प्रतिबन्धलाई दोष देखाएको छ ।

युरोपियन युनियनका केही अधिकारीहरुले भने रुसले उर्जालाई हतियारको रुपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । तर, कम्पनीले भने नियमित मर्मतका लागि आपूर्ति बन्द गरिएको जनाएको छ । रुस र युक्रेनको युद्ध चर्किएसँगै इन्धनको मूल्य अत्यधिक वृद्धि हुँदा युरोपेली उद्योग र उपोभोक्ता मारमा परेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू