अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

बोरिस जोनसन बेलायतका अहिलेसम्मकै खराब प्रधानमन्त्री

बिआरटीनेपाल २०७९ भदौ १७ गते ७:०९ मा प्रकाशित

एक सर्वेक्षणले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अहिलेसम्मकै खराब प्रधानमन्त्री भएका देखाएको छ । मार्केट अनुसन्धान कम्पनी इप्सोसद्वारा सन् २०१९ देखि २०२२ को अगस्टसम्म गरिएको अध्ययनले बेलायती नागरिक प्रधानमन्त्री जोनसनप्रति अहिलेसम्मका अरु प्रधानमन्त्रीभन्दा बढी असन्तुष्ट रहेको देखाएको हो ।

दोस्रो विश्वयुद्धपछि बेलायती प्रधानमन्त्रीको कार्यसम्पादनको बारेमा सोधिएका प्रश्नमा ४९ प्रतिशतले अहिलेका प्रधानमन्त्री बोरिस जोनसनको कामलाई खराब बताएका छन् । यस्तै, ४१ प्रतिशतले म्यारी थेरेसा र ३८ प्रतिशतले डेबिड क्यामरुनलाई खराब बताएका इप्सोसको प्रतिवेदनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

यस्तै बोरिस जोनसनका राजनीतिक गुरु विन्सटन चर्चिललाई ६२ प्रतिशत मानिसले असल बताएका छन् । इप्सोसका राजनीतिक अनुसन्धान प्रमुख किरन पेडले भन्नु भएको छ,- ‘विंस्टन चर्चिल प्रधानमन्त्रीको शीर्ष स्थानमा हुनुहुन्छ, त्यसपछि मार्गेट थ्याचरलाई मानिसले रुचाएको पाइयो ।’

इप्सोसको सर्वेक्षणमा सहभागी एक हजार एक सयमध्ये ३३ प्रतिशतले बोरिस जोनसनलाई राम्रो भनेका छन् । यस्तै प्रतिवेदनकाअनुसार टोनी ब्लेयरको कामलाई ३६ प्रतिशत र मार्गेरेट थ्याचरको कामलाई ४३ प्रतिशतले राम्रो भनेका सर्वेक्षणले देखाएको छ । प्रधानमन्त्री बोरिस जोनसनको कार्यकाल आउँदो हप्ता सकिदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू