अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

शेयर बजार ३३ अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झर्‍याे

बिआरटीनेपाल २०७९ भदौ १२ गते ६:५० मा प्रकाशित

हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ३६ अङ्कले घटेर एक हजार नौ सय ८९ दशमलव २६ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालाे लाग्दा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, जलविद्युत्, फाइनान्स लगायतका समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २४ वटा कम्पनीको ६१ लाख ४८ हजार कित्ता शेयर दुई अर्ब पाँच करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १० करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेप्से घटेको दिन रुरु जलविद्युत् परियोजनाको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि राधी विद्युत कम्पनीको शेयर झन्डै ६ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया