अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७ | Colorodo: 12:22

निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई निवेदन दिन आह्वान

बिआरटीनेपाल २०७९ भदौ ८ गते ७:१२ मा प्रकाशित

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि आह्वान गरेको छ ।आयोगले राष्ट्रिय संस्थाहरूलाई पर्यवेक्षणका लागि आह्वान गरेको हो । पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन दिनु पर्नेछ ।निवेदन दिँदा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण पेस गर्नु पर्ने आयोगले जनाएको छ ।

पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार गरेको ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य कुनै प्रकाशन भए सोको प्रति, पहिले निर्वाचन पर्यवेक्षण गरेको भए निर्वाचन पर्यवेक्षण प्रतिवेदनको प्रमाण पनि पेस गर्न आयोगले भनेको छ । निर्वाचन सम्बन्धी कसुर गरी वा निर्वाचन आचारसंहिता उल्लंघन गरी सजाय पाएको संस्था अथवा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेस नगर्ने संस्थालाई निर्वाचन पर्यवेक्षण अनुमति नदिइने पनि आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू