अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

कुवेत हुँदै दुबई जान लागेका ३९ महिला फर्काइए

बिआरटीनेपाल २०७९ भदौ ८ गते ६:५९ मा प्रकाशित

नेपाल प्रहरीले कुवेत जान लागेका ३९ जना महिलालाई विमानस्थलबाट फर्काएको छ ।आज बिहान जजिरा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कुवेत हुँदै दुबई जान लागेका ३९ महिलालाई प्रहरीले शंकास्पद कागजातका आधारमा रोकेको हो ।कुवेतमा भिजिट भिसामा जान लागेको देखिए पनि उनीहरु रोकिएका हुन् । उनीहरुले बोकेको कागजातसँग उनीहरुको दावी मेल नखाएको भन्दै प्रस्थान कक्षकै गेट क्षेत्रमा रोकेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई विदेश लगेर श्रम भिसा दिलाउने प्रलोभन देखाइएको हुनसक्ने प्रहरीको अनुमान छ । कुवेत हुँदै दुबई जाने कुरामा आशंका भएपछि प्रहरीले सोधपुछ गरेको थियो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही प्रहरीले नै महिलाहरुलाई फर्काएको जानकारी दिनुभयो । हाल उनीहरुलाई माइती नेपालको सेल्टरमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू