अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

देशभर थपिए ४८७ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ भदौ ८ गते ६:५३ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७७ जनाको नमूना परीक्षण गरिएको थियो ।१ हजार ८ सय ६ जनाको पीसीआर र २ हजार ३ सय ७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू