अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

गृहमन्त्री खाँणद्वारा प्रहरीलाई आवश्यक पर्ने स्रोतसाधनमा कमी हुन नदिने प्रतिवद्धता

बिआरटीनेपाल २०७९ भदौ ८ गते ६:४७ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीलाई आवश्यक पर्ने स्रोतसाधनमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।नेपाल प्रहरीले गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा गृहमन्त्री खाँडले स्रोत साधनको कमी हुन नदिने विश्वास दिलाउनुभयो । नागरिकको रक्षा गर्ने दायित्व राज्यको भएकाले त्यसका लागि सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने उहाँको तर्क छ ।काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले जथाभावी फोहोर फाल्नु अपराध भएको बताउनुभयो । उहाँले सीसीटीभीबाट बाटोमा फोहोर फाल्नेको निगरानी गरिने बताउँदै त्यस्ता व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा समेत ल्याइने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रविधिको विकाससँगै आपराधिक शैलीमासमेत परिवर्तन आएको बताउनुभयो । उहाँले पछिल्लो समय प्रहरीलाई आपराधिक गतिविधि नियन्त्रणमा चुनौती थपिएकाले प्रादेशिक स्तरमा पनि अपराध नियन्त्रण गर्ने निकाय विस्तार गर्न जरुरी रहेको बताउनुभयो । तीन वर्षपछि भएको गोष्ठीमा अपराध अनुसन्धानमा प्रयोग भएका पछिल्ला प्रविधि र बढ्दो साइबर अपराध न्यूनिकरणलगायतका विषयमा छलफल हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू