अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

अफगानिस्तानमा बाढी, ८ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ असार २५ गते ६:५८ मा प्रकाशित

अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीले एकै परिवारका आठ जनाको ज्यान लिएको स्थानीय टेलिभिजन च्यानलले शनिबार जनाएको छ ।

एक गाउँले कारी मिर्जालाई उद्धृत गर्दै टोलोन्युजले जनाएअनुसार नुरिस्तान प्रान्तको वामा जिल्लाका केही गाउँहरू भर्खरै आएको बाढीले बगाउँदा एकै परिवारका आठ सदस्यको मृत्यु भएको हो ।

परवान, पक्तिया, वर्दक र दक्षिणी कान्दाहार प्रान्तमा विगत केही दिनदेखि परेको भारी वर्षा र बाढीका कारण थुप्रै व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू