अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चीनको चेतावनी

बिआरटीनेपाल २०७९ असार २४ गते ७:५९ मा प्रकाशित

चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ ।तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन चेतावनी दिएको हो ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको स्मरण गर्नुपर्ने बताउनु भएको भारतीय एनडीटीभीले जनाएको छ ।

निर्वासनमा रहेका चीन विरोधी एक धार्मिक र विवादित व्यक्तिलाई भारत र अमेरिकाले उचालेर विवाद बढाउने काम नगर्न चीनले भारत र अमेरिकालाई चेतावनी दिएको खबरमा उल्लेख छ । यसैबीच इन्डोनेसियामा चलिरहेको जी–२० देशहरुको शिखर सम्मेलनको क्रममा भारतीय विदेशमन्त्री एस जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यी ले झन्डै एक घण्टा वार्ता गर्नुभएको छ ।

भारतीय विदेशमन्त्री जयशङ्करले पूर्वी लद्दाखको वास्तविक सीमा रेखा अर्थात एलएसीमा देखिएको विवाद शीघ्र समाधानका लागि आग्रह गर्नुभएको छ । विवाद समाधान गर्दा द्धिपक्षीय सम्बन्ध, परस्पर सम्मान र संवेदनशीलतालाई ख्याल गर्नुपर्ने जयशङ्करको भनाइ छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वार्तामा सीमा विवाद समाधानको विषयमा महत्त्वपूर्ण कुराकानी भएको बताउनुभएको छ । भारतीय विदेश मन्त्रालयले पनि सीमामा देखिएका विवाद समाधान गरेर दुई छिमेकी देशबीचको सम्बन्ध थप बलियो बनाउनुपर्ने विषयमा समझदारी भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू