अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

युक्रेनमा २१ हजार बढी युद्ध अपराधमाथि अनुसन्धान हुँदै

बिआरटीनेपाल २०७९ असार २४ गते ७:५० मा प्रकाशित

युक्रेनले रुसले आक्रमण गरे यता २१ हजार भन्दा बढी युद्ध अपराधमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।युक्रेनका वकिल इरिका भेनेदिक्तोभाले आफूलाई प्रत्येक दिन २ देखि ३ सय वटा युद्ध अपराध सम्बन्धी उजुरी प्राप्त भैरहेको बताउँदै न्यायको लागि कानूनी कारबाही अघि बढाउनुपर्ने बताउनुभएको हो । उता रुसले भने कहिल्यै पनि सर्वसाधारणमाथि हमला नगरेको भन्दै युद्ध अपराध सम्बन्धी सम्पूर्ण आरोप अस्वीकार गरेको छ ।

भेनेदिक्तोभाले गत मे महिनामा नै करिब ६ सय जना सन्दिग्ध युद्ध अपराधीको पहिचान भइसकेको र ८० प्रतिशत कारबाही सुरु भइसकेको जानकारी पनि दिनुभएको छ । युक्रेनले रुसी फौजले केही समय कब्जा गरेको राजधानी किभ नजिकका बुचा, बारोद्यान्का र अन्य शहरहरुमा थुप्रै सामूहिक चिहान फेला परेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू