अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

गोली प्रहारपछि गम्भिर घाईते जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

बिआरटीनेपाल २०७९ असार २४ गते ७:४८ मा प्रकाशित

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको ६७ वर्षको उमेरमा निधन भएको छ । गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेको निधन भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् ।नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए ।

आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती पुरुषमाथि अनुसन्धान जारी राखेको छ ।जापानी पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएपछि विश्वभरिबाट नेताहरूले घटनाको निन्दा गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।

६७ वर्षका सिन्जो आबे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुनुहुन्थ्यो । सन् २००६ देखि २००७ सम्म र सन् २०१२ देखि २० सम्म गरी ९ वर्षभन्दा लामो समय उहाँ जापानको प्रधानमन्त्री बन्नुभएको थियो ।

सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उहाँले पद छाड्नुभएको थियो । युद्धपछिको जापानलाई समृद्ध बनाउन र सुनामीले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गर्न उहाँको ठूलो भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू