अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

भारतको मुम्बइमा भारी बर्षा

बिआरटीनेपाल २०७९ असार २४ गते ७:४७ मा प्रकाशित

भारतको मुम्बइमा भारी बर्षा जारी रहेकाले बाढी आउन सक्ने भन्दै सचेत तुल्याइएको छ ।भारतको मौसम विभागले मुम्बई शरह र यसका छिमेकी जिल्लाहरुम भारी बर्षा जारी रहेकाले विपत्ति निम्त्याउन सक्ने भन्दै रेड अलर्ट जारी गरेको हो ।

भारतका विभिन्न शहरमा भारी बर्षाका कारण जनजीवन ठप्प भएको छ । बर्षाका कारण कयौं घरहरु डुबानमा परेका छन् । भारतमा हरेक वर्ष मनसुन सुरु भएपछि बाढी आउने भएतापनि यो वर्ष औसतभन्दा बढी बर्षा भएकाले सबैलाई सचेत तुल्याएको छ ।

विश्वमा भएको जलवायु परिवर्तन र अनियन्त्रित शहरी विकासले पछिल्लो वर्षहरुमा बर्षा झन तीब्र भएको मौसमविद्हरुले बताएका छन् । बर्षाका कारण घर डुबानमा परेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू