अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७९ असार २४ गते ७:२९ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।त्रिविको ६३औँ वार्षिक दिवसको अवसरमा शुक्रबार आयोजित वार्षिक तथा साधारण दुवै सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति रहनु भएका देउवाले समाजका सबै वर्ग, समुदायले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी राष्ट्र निर्माणमा जोडिने अवसर पाउनु पर्ने बताउनुभयो ।

उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई आफ्नै देशमा उनीहरूका रुचि र बजारको माग अनुसार शिक्षा प्राप्त गर्ने वातावरण विश्वविद्यालयका पदाधिकारीलाई उहाँको आग्रह थियो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले गौरवशाली इतिहास बोकेको सो विश्वविद्यालयबाट उत्पादित जनशक्तिले नै मुलुकको राजनीति, प्रशासन, शिक्षा र व्यवसाय धानिरहेको बताउनुभयो ।

विश्वविद्यालयको व्यवस्थापन तथा पदाधिकारीविरुद्ध पछिल्ला दिनमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधिमार्फत नाजायज माग पूरा गराउन भइरहेको असभ्य गतिविधिको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू