अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन

बिआरटीनेपाल २०७९ असार १२ गते १५:२९ मा प्रकाशित

विजय थापा । डिसी महानगर क्षेत्र । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन भएको छ । उनको निधनले सबैलाई आश्चर्य तुल्याउनुको साथै नेपाली समुदायहरू स्तब्ध भएका छन् ।

उनी सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार, सामाजिक अभियन्ता ,पूर्व पर्यटन दूत,कलाकार अनिल पाण्डे तथा रिना पाण्डेकी एक मात्र सुपुत्री हुन् । उनको निधन गत बिहीबार जुन २३ ,२०२२ का दिन क्यालिफोर्निया राज्यको स्थानीय समय अनुसार करिब साँझ ६ बजे भएको हो ।

२९ वर्षीय मनसुन पाण्डेको जन्म १९९३ मा मे ६ का दिन भएको थियो ।

मनसुनको दुखद समाचार थाहा पाउन साथ आफन्त ,साथीभाइ ,इष्टमित्र सबैले सामाजिक सञ्जालमा जताततै समवेदना दिई रहेका छन् भने समवेदना आउने क्रम जारी रहेको छ ।

अकल्पनीय क्षति तथा दुखद खबरले सबै नेपालीलाई मर्माहत बनाएको छ भने पिता अनिल पाण्डेलाई चिन्ने सबैले सन्देश दिई रहेका छन् । पिता अनिल पाण्डेका शुभ चिन्तक तथा नजिकका साथीभाइहरूका अनुसार स्व मनसुनले सूचना प्रविधि (आई टी)अध्ययन गरेकी थिइन् भने उनले विश्वकै चर्चित एप्पलमा समेत काम गरेकी थिइन् । तर केही समय अगाडी उनले काम पनि छोडेकी थिइन् ।

उनी केही समय अगाडी युरोप यात्रामा समेत गएर अमेरिका फर्केकी थिइन् । पिता स्वयम कलाकार र क्यालिफोर्नियाको बे एरिया (क्षेत्र)अत्यन्तै क्रियाशील भएको कारण सुपुत्री पनि बाबुलाई साथ दिँदै विभिन्न कार्यक्रममा सहभागी हुन्थिन । पिता अनिल पाण्डेले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न सन् २०११ मा आयोजना गरेको नेपाल दिवसमा समेत मनसुनले सक्रिय रूपमा भाग लिएकी थिइन् । उनका थुप्रै अङ्कित दृश्य(भिडियो)हरू पिताले सुरक्षित राखेका छन् ।

प्रतिक्रिया