अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्सको पन्ध्रौँ वार्षिक सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७९ असार ६ गते २२:०३ मा प्रकाशित

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) ले “Impact of Engineering Solutions for Mankind” भन्ने नाराका साथ भर्चुअल प्रविधिको माध्यमबाट जून ११-१२, २०२२ मा सोसाइटीको पन्ध्रौँ वार्षिक इन्जिनियरिङ सम्मेलन सफलताका साथ सम्पन्न गरेको छ ।

सम्मेलनका सभापति डा.आनन्द पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समाजका अध्यक्ष ठाकुर ढकालले यस समाजले गरेका विभिन्न कार्यहरूको जानकारी दिनुभएको थियो | कार्यक्रममा संयुक्त राष्टसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत बहादुर राईले शुभकामना दिनुका साथै नेपालको विकासमा अमेरिकामा रहेका इन्जिनीयरहरुले योगदान गर्न सक्ने विभिन्न क्षेत्रहरूको जानकारी दिनु भएको थियो ।

उक्त दुई दिवसीय सम्मेलनमा साउथ डकोटा विश्वविद्यालय कम्प्युटर विज्ञानका विभागीय प्रमुख डा. केसी सन्तोष लगायत छ जना आमन्त्रित र तेह्र जना शोधकर्ताहरूले प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा इन्जिनीयरहरु, वैज्ञानिकहरू, सूचना प्रविधिका विशेषज्ञहरू तथा अन्य पेसाकर्मीहरूले छ वटा प्राविधिक सत्रहरूमा आफ्नो ज्ञान र अनुभवको आदानप्रदान गर्नु भयो र नेपालकी टुनिसिहा ज्ञवालीको समूहले उत्कृष्ट विद्यार्थी प्रस्तुतिको उपाधि प्राप्त गर्नु भयो ।

यस वर्ष देखि सुरु भएको इन्जिनियरिङ आसय र असर (E2I) प्रतियोगिता लक्ष्मी गुरुङ र ओजस्वी आचार्य जित्नु भयो । सोसाइटीले सञ्चालन गरेको उत्कृष्ट पुरस्कारको व्यवस्था (Merit Awards), अनुसन्धान र विकास अनुदान (Research and Development Grant), शोध वृत्ति (Graduate Student Research Fellowship), साथै इन्जिनियरिङ सेवाको बारेमा पनि कार्यशाला प्रस्तुत गरिएको थियो | सम्मेलनको कार्यक्रम चयन प्राविधिक अध्यक्ष शुभ अधिकारीले गर्नु भएको थियो |

प्रतिक्रिया