अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

अमेरिकामा तीन दशकमै सबैभन्दा बढी ब्याजदर

बिआरटीनेपाल २०७९ असार २ गते ८:३६ मा प्रकाशित

अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ ।फेडरल रिजर्भ बैंकले आगामी तीन वटा क्वार्टरमा १ दशमलव ५ देखि १ दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो ।

गत मार्चमै पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महंगै निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने भविष्यवाणी अर्थविद्हरूले गरेका छन् । यो वर्षको अन्त्यसम्ममा बैंकहरूले फेडरल रिजर्भ बैंकबाट सापटी लिंदा ३ दशमलव ४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने बताइएको छ । यसले सर्वसाधारण पाउने ऋणको ब्याज पनि बढाउने निश्चित छ ।

विश्वभरका केन्द्रीय बैंकहरूले पछिल्लो समय ब्याजदर बढाउने निर्णय गरिसकेका छन् । जसका कारण विश्वभर नै आर्थिक व्यवस्था प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू