अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री रेल चेढेर युक्रेनतर्फ

बिआरटीनेपाल २०७९ असार २ गते ८:३६ मा प्रकाशित

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रेल चढेर द्वन्द्वग्रस्त मुलुक युक्रेन गएका छन् ।उनीहरू उच्चस्तरीय वार्ताका लागि पोल्याण्डबाट युक्रेनकाे राजधानी किभ जान गएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार एजेन्सी एएफपीले सार्वजनिक गरेकाे एक भिडियो सामग्रीमा तीनै जना नेताहरू रेलको डिब्बामा सँगै बसेको देखिएकाे छ ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताले किभ भ्रमण गरेको यो पहिलो पटक हो । त्यहाँ तीन नेताले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने समाचारमा उल्लेख छ । रुसी आक्रमणका कारण युक्रेन तहसनहस बनेको समयमा तीन नेता किभ पुगेका हुन् । किभले युरोपेली युनियनको सदस्यता चाहिरहेका बेला भएको उच्चस्तरीय तीन नेताको भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू