अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

रुसी आक्रमणबाट युक्रेनको एउटा केमिकल प्लान्टमा भीषण आगलागी

बिआरटीनेपाल २०७९ जेठ २९ गते ७:१७ मा प्रकाशित

रुसी सेनाको आक्रमणका कारण युक्रेनको सेभेरोडोनेत्स्क सहरमा रहेको एउटा केमिकल प्लान्टमा भीषण आगलागी भएको छ । प्लान्टमा रुसी सेनाको बमबारीबाट सयौँ टन तेल चुहिएर भीषण आगलागी भइरहेको सहरका प्रमुख सेरही हाइदाईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।प्लान्टमा झन्डै आठ सय जना मानिस फसेका पनि उहाँले बताउनुभएको छ । सहरमा व्यापक गोलाबारी हुन थालेपछि गैरसैनिक मानिसहरू आश्रय लिन प्लान्टभित्र पसेका हुन् ।

पूर्वी युक्रेन कब्जा गर्न रुसका लागि सेभेरोडोनेत्स्क सहरमा कब्जा गर्नु महत्त्वपूर्ण हुने छ । सहरलाई कब्जा गर्ने उद्देश्य पूरा गर्न रुसी फौजले अत्यन्तै संवेदनशील र सयौँ मानिस आश्रय लिएको थाहा हुँदाहुँदै प्लान्टमा आक्रमण गरेको सहरका प्रमुख हाइदाईले बताउनुभएको छ ।

रुस र युक्रेनबीच बितेको साढे तीन महिनादेखि युद्ध चलिरहेको छ । युक्रेनको राजधानी तथा अन्य सहरमा कब्जा गर्न विफल भएपछि रुसले अहिले पूर्वमा रहेको लुहान्स्क र डोनेत्स्क सहरलाई निसाना बनाइरहेको छ । सेभेरोडोनेत्स्क सहरका प्रमुख सेरही हाइदाईले सहरको धेरैजसो भू–भाग रुसको कब्जामा गइसकेको बताउनुभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू